२९ असार २०७७ सोमबार
अर्थ

सनराइज क्यापिटलको रजत जयन्ती सम्पन्न

काठमाडौं– सनराइज क्यापिटल लिमिटेडले २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा कम्पनीले सोमबार रजत जयन्ती समारोह मनाएको हो।

 नेपालको पहिलो मर्चेन्ट बैकिङ कम्पनीका रुपमा २०४९ सालमा एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट यसको स्थापना भएको थियो । पछि एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीको रुपमा २०६७ सालमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडको नामबाट सेवा दिइरहेको कम्पनीले एनआइडिसी क्यापिटल मार्केट्सलाई सनराइज बैंकले प्राप्त गरेपछि २०७४ जेठबाट सनराइज क्यापिटल लिमिटेडको नामबाट सेवालाई निरन्तरता दिइरहेको छ।

२५ वर्षे कार्यकालमा कम्पनीले ८२ वटा प्राथमिक सेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुको साथै ३२ वटा कम्पनीको सेयर प्रत्याभूति गरिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ३४ वटा कम्पनीको सेयर रजिस्ट्रारको कार्य गरिसकेकोमा हाल १२ वटा कम्पनीको सेयर रजिस्ट्रारको काम गरिरहेको छ ।
 

प्रकाशित: २० असार २०७५ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App