१६ चैत्र २०८० शुक्रबार
अर्थ

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ ।  

सम्झौता अनुसार, अब ग्राहकले मेगा बैंकका देशभरका शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई थप सुविधा प्राप्त हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० असार २०७५ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App