८ वैशाख २०८१ शनिबार
अर्थ

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

भक्तपुर– भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि कूल एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ ।

तेस्रो नगरसभामा उपप्रमुख रजनी जोशीले अनुमानित बजेट पेस गर्दै चालू आवका लागि कूल आम्दानी एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कूल यथार्थ आम्दानी एक अर्ब १३ करोड ५९ लाख ९१ हजार भएको जानकारी गराइन् ।

त्यस्तै उनले चालू आवको जेठ महिनासम्म चालू तथा पुँजीगततर्फको यथार्थ व्यय ८७ करोड ३६ लाख ६० हजार रहेको बताइन् ।चालू खर्च अन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रम रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले सशर्त चालू अनुदान २९ करोड १० लाख रुपैयाँमा शिक्षाका लागि २४ करोड सात लाख ४४ हजार, स्वास्थ्य सेवाका लागि १९ करोड ३५ लाख ८० हजार, आयुर्वेदिक स्वास्थ्य सेवाका लागि ३३ लाख ६ हजार, पशु सेवाको लागि पाँच लाख ७० हजार, कृषिका लागि १७ लाख ९५ हजार, वातावरणीय सरसफाइमा ६ लाख २५ हजार, राष्ट्रिय कला संग्रहालयका लागि एक करोड ३७ लाख ३१ हजार, स्मारक संरक्षण तथा दरबार हेरचाहका लागि ७९ लाख एक हजार, समाज कल्याण तथ ामहिला विकासका लागि १६ लाख ६९ हजार रहेको जानकारी गराइन् ।

प्रकाशित: १२ असार २०७५ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App