८ वैशाख २०८१ शनिबार
अर्थ

कलैया उपमहानगरपालिकाको बजेट एक अर्ब

बारा – आर्थिक वर्ष २०७५/०७६ को लागि कलैया उपमहानगरपालिकाले दोस्रो नगरसभाबाट एक अर्ब, एक करोड, २२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

उपमहानगरपालिका कार्यालयले प्रस्तुत गरेको बजेटमा आय तर्फ सरकारको अनुदान तर्फ २७ करोड, २९ लाख, बिषयगत कार्यालयको अनुदान तर्फ ३३ करोड, ३२ लाख, राजश्व बाँडफाँड तर्फ १५ करोड, १२ लाख आन्तरिक श्रोतबाट तीन करोड ७२ लाख रहेको छ।

विनियोजित गरिएको व्यय तर्फको बजेटमा चालु खर्च तर्फ वडा तथा नगरस्तरीए कार्यक्रमको लागि २९ करोड ४० लाख, सामाजिक सुरक्षा तथा बालबालिका रकम बितरण तर्फ पोषण भत्ता तर्फ १५ करोड, २५ लाख र विषयगत कार्यालय तर्फ ३३ करोड, ३२ लाख विनियोजित गरिएको छ। जस मध्ये शिक्षा तर्फ २५ करोड, ६४ लाख, स्वास्थ्य तर्फ ६ करोड, १५ लाख, ४ हजार र कृषि तर्फ १६ लाख अनुमानित बजेट विनीयोजन गरेको छ।

कलैया उपमहानगपालिका प्रमुख राजेश राय यादवले कलैयालाई देशमै चिनिने शहरको रुपमा बिकास गर्ने दायित्व निर्वाचित जनप्रतिनिधिको काधमा आएको बताए। उपमहानगरपालिकाको लागि चाहिने भौतिक पूर्वाधारहरु व्यपारीक भवन, नगरसभा गृह, ल्यण्डफिल्ड साइड, फराकिलो सडकको कलैयामा आभाव रहेको बताए।

कलैया उपमहानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. तोकराज पाण्डे आर्थिक वर्ष २०७५/०७६ लागि नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २७ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, र वडा सदस्यहरुको भेलामा उपस्थिति रहेको थियो।

प्रकाशित: १० असार २०७५ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App