१६ चैत्र २०८० शुक्रबार
अर्थ

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

काठमाडौं  - ३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।

पछिल्लो समय साथमा रहेको मोबाइलबाटै बिजुली, खानेपानी, फोन जस्ता सेवाको बिल तिर्न, बैंक खातामा रकम पठाउन (टान्सफर) सकिने माछापुच्छ«े बैंक लिमिटेडका प्रमुख डिजिटल बैंकिङ अधिकृत नारायणप्रकाश भुजुले सोमबार नागरिकलाई बताए । ‘नगद जम्मा गर्ने बाहेक अन्य सम्पूर्ण काम मोबाइलबाटै गर्न सकिन्छ,’ उनले भने, ‘नगदरहित (क्यासलेस) कारोबारलाई प्रोत्साहन गर्ने काम पनि मोबाइल बैंकिङले गरेको छ ।’बैंकमा गएर गर्ने सबै काम मोबाइलबार्ट गर्न सकिने भएकाले पछिल्लो समय मोबाइल बैंकिङ निकै फस्टाएको भुजुको भनाइ छ।

राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्यांक अनुसार ३० लाखभन्दा बढी सेवाग्राहीले मोबाइल बैंकिङको सेवा लिइरहेका छन् र यो आगामी दिनमा बढ्दै जाने भएकाले बैंकहरुले मोबाइल बैंकिङलाई जोड दिन थालेको उनी बताउँछन् ।माछापुच्छे बैंकका दुई लाख ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने गरेका छन् । ‘बचत खाता समेत बैंकमा नआई खोल्न सकिन्छ,’ भुजुले भने।

मोबाइल बैंकिङले मोबाइलबाटै कारोबार गर्न सक्ने सुबिधा दिने भएकाले नगद बोकेर हिँड्नु पर्ने अवस्थाको अन्त्य गरिदिएको छ । ‘नगद बोकेर हिँडदा हुने सम्भावित जोखिम पनि कमी गरिदिएको छ,’ भुजुले भने, ‘नयाँ प्रविधिले कामलाई सहज बनाइदिएको छ ।’करिब ९० प्रतिशत नागरिकले मोबाइल बोक्ने गरेको एक अध्ययनले देखाएको छ । सर्वसाधारण नागरिकसम्म बैंकिङ सुबिधा पु¥याउन मोबाइल सहज तथा प्रभावकारी माध्यम बन्दै गएकोे छ।

बैकिङ पँहुच नपुगेका तर मोबाइलको पहुँच पुगेका ग्रामीण भेगका लागि यो फलदायी साबित भएको बैंकर्स बताउँछन् ।अहिले करिब ४० प्रतिशतमा नागरिकमा मात्रै बैंकिङ सेवा पुगेको छ । बैंकिङ पहुँचबाहिर रहेका सर्वसाधारणलाई मोबाइलले त्यो सुविधा उपलब्ध गराउने विश्वास राष्ट्र बैंकले लिएको छ।

पछिल्लो समय नगदरहित समाज बन्दै गएको छ । उक्त प्रविधिको प्रयोगबाट ग्राहकहरुले घरमै बसेर बैकिङ कारोबार गर्न सक्छन् । यसले ग्राहकलाई नगद लिएर हिँड्नु पर्ने झन्झटबाट मुक्त गरेको छ । सर्वसाधारणले आफूले चाहेका बेला जहाँबाट पनि २४ सै घन्टा बैंकिङ कारोबार गर्ने सक्ने वातावरण बनेको छ।राष्ट्र बैंकले एकपटकमा पाँच हजार र दिनभरीमा १० हजार रुपैयाँसम्म मात्र मोबाइल बैंकिङ कारोबार गर्न सकिने व्यवस्था गरेको छ । मोबाइलबाट मासिक ५० हजारसम्म कारोबार गर्न पाइन्छ ।

 

प्रकाशित: ६ असार २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App