१६ चैत्र २०८० शुक्रबार
अर्थ

निर्माण सामग्रीको अभावले विकास निर्माण प्रभावित

रसुवा – निर्माण सामग्रीको अभावले रसुवामा विकास निर्माण प्रभावित भएको छ। १५ दिनदेखि जिल्लामा बालुवा र गिट्टीको अभाव हुँदा निर्माण कार्य रोकिएको हो।

नुुवाकोट र धादिङमा सञ्चालित क्रसर उद्योग बन्द भएसँगै जिल्लामा आवश्यकता अनुसार सामग्री आयात हुन सकेको छैन्। सामग्रीको अभावमा जिल्लामा निर्माण भइरहेको सरकारी कार्यालय, राजमार्ग सुधार तथा पुल निर्माणको काम रोकिएको छ।
सदरमुकाममा निर्माण भइरहेको आधा दर्जन सरकारी कार्यालय र कालिकास्थानमा निर्माण भइरहेको सभाहलको काम पूर्ण ठप्प भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ। इकाइका अनुसार सामग्री अभाव भएकाले कार्य गर्न नसकिने भन्दै निर्माण व्यावसायीले निवेदन दिएका छन्। निर्माण सामग्रीको अभाव देखाउँदै व्यावसायीले कार्यालयमा निवदेन दिएका सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका डिभिजन प्रमुख धिर फडेराले बताए। सदरमुकाममा निर्माणाधिन सिंचाई, कृषि, पशु, हुलाक लगायतका कार्यालयको निर्माण कार्य पूर्ण ठप्प भएको डिभिजन प्रमुख फडेराले बताए।

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने सडक, सरकारी कार्यालय, विद्यालय र पुुल निर्माण प्रभावित भएको व्यावसायीले बताएका छन्। आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी छँदा भएको सामग्री अभावका कारण तोकिएको समयमा कार्य सम्पन्न नहुने देखिएको छ। सामग्री अभावले निजी आवास पुनर्निर्माणको कार्य समेत प्रभावित भएको भूकम्पपीडितले बताएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App