८ वैशाख २०८१ शनिबार
अर्थ

दक्षिण कोरियाले औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने

काठमाडौंं – दक्षिण कोरिया सरकारले नेपालको औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने बताएको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक गरेको भेटमा त्यस्तो इच्छा व्यक्त भएको हो।

भेटमा दुईपक्षीय हित तथा लगानीको विषयमा छलफल भएको थियो। सिंहदरबारस्थित मन्त्री यादवको कार्यकक्षमा शुक्रबार भएको भेटवार्तामा कोरियाली राजदूतले विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र निर्माणमा नेपाल अघि बढ्ने क्रममा रहेकोले सो कार्यमा सघाउन आफ्नो मुलुक तत्पर रहेको बताए। साना, मझौला तथा घरेलु उद्योगमा प्रविधि हस्तान्तरण, खानी अन्वेषण, गुणस्तर परीक्षण प्रयोगशाला निर्माण, ऊर्जा क्षेत्रमा लगानी जस्ता विषयमा चासो व्यक्त गरेका थिए।

त्यस्तै, भेटमा द्विपक्षीय हित र लगानीका विषयमा छलफल भएको थियो। उक्त छलफलमा दुई देशबीचको जनस्तरमा सम्पर्क विस्तार, व्यापार विस्तार, नेपालमा लगानी गर्ने प्रतिबद्धताका साथै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल पार्न दक्षिण कोरियाले नेपालमा व्यापारका लागि लगानी गर्न सक्ने मन्त्री यादवले बताए। उक्त भेटवार्तामा मन्त्रालयका सचिवद्वय यामकुमारी खतिवडा र चन्द्रकुमार घिमिरेको सहभागिता थियो।

शुक्रबार नै नयाँदिल्लीस्थित इस्टोनियाका राजदूत एवं स्पेसल डिप्लोम्याटिक रिप्रिजेन्टेभिभ रिहो क्रुभले मन्त्री यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा निर्यात र प्रवद्र्धनका विषयमा मन्त्री यादवको चासो राखेका थिए।

मन्त्री यादवले नेपाल अहिले आर्थिक विकासको यात्रामा अग्रसर भएको र समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन बढिरहेको धारणा राख्दै नेपाल प्राकृतिक स्रोतले धनी भएका कारण जलविद्युत्, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका प्रशस्तै सम्भावना रहेको बताए। छलफलमा विद्युतीय सुशासनको प्रवद्र्धन, व्यापार प्रवद्र्धन, जनस्तरको भ्रमण आदानप्रदान जस्ता विषयमा छलफल भएको थियो।

प्रकाशित: २७ जेष्ठ २०७५ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App