८ वैशाख २०८१ शनिबार
अर्थ

धितोपत्र बजार:एक अर्ब बढीको कारोबार

काठमाडौ-धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो। गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै कारोबार भएन। रासस

प्रकाशित: २६ जेष्ठ २०७५ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App