coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पञ्चकन्या ग्रुपमा विश्व वातावरण दिवस

काठमाडौं – पञ्चकन्या गु्रपले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको मूल सडक पेटीमा रोपिएका बिरुवा गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाइ गरेको छ।

काठमाडौं र ललितपुर महानगरपालिकाको सहकार्यमा उक्त स्थानमा बिरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यक्रममा सबै तहका ८० जना कर्मचारी सहभागी भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App