४ वैशाख २०८१ मंगलबार
अर्थ

साकोस शिखर गोष्ठी काठमाडौंमा हुँदै

काठमाडौं– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा दुई दिने साकोस शिखर गोष्ठी हुने भएको छ। 

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ‘समावेशी आर्थिक विकासः साकोस एकरुपताका लागि कानूनी संहिताको पुनर्संरचना’ भन्ने नारासहित जेठ २४ र २५ गते सोल्टी होटलमा गोष्ठी हुन लागेको हो। 

साकोस शिखर गोष्ठी २०७५ का संयोजक परितोष पौड्यालका अनुसार गोष्ठीमा देशभरका सहकारीबाट ६२० जना र भारत, श्रीलंका लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि उपस्थिती रहनेछ।

नेफ्स्कूनले यसअघि २०६८ र २०७१ सालमा साकोस शिखर गोष्ठी सम्पन्न गरिसकेको छ। यसपटकको गोष्ठीको उद्देश्य साकोस अभियानमा भएका उपलब्धीहरुको आदानप्रदान, विश्वमा बचत तथा ऋण सहकारी अभियानका नवीनतम अभ्यास, अनुभव र सिकाईहरुप्रति अभिमुख भई उपयुक्त र आवश्यक ज्ञान सीप र प्रविधिको हस्तान्तरण तथा अवलम्बनको वातावरण तयार गर्ने लगायत रहेका छन्। 

गोष्ठीबारे जानकारी दिन मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा कृषि, भूमी तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली, नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेत लगायतले गोष्ठी सफल बनाउन आह्वान गरे। 

प्रकाशित: २२ जेष्ठ २०७५ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App