coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अस्ट्रेलियन एप्लिकेसन्स डे जुन २०१८ सम्पन्न


काठमाडौं– नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले अस्ट्रेलियन शैक्षिक मेला ‘अस्ट्रेलियन एप्लिकेसन्स् डे जुन २०१८’ उद्घाटन गरेका छन् । राजदूत बडले जुन ४, २०१८ मा काठमाडौंको होटल याक एन्ड यती उक्त मेला उद्घाटन गरेका हुन्।

मेलामा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासा राख्ने अवसर प्राप्त गरे । कार्यक्रममा विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग आफ्ना जिज्ञासा राख्ने अवसर पाए । साथै एइसिसी ग्लोबलका दक्ष भिसा अफिसरले उचित सल्लाहसुझावसमेत प्रदान गरेका थिए।

मेलाको बैंकिङ पार्टनरका रुपमा एनआइसी एसिया, नेपाल एसबिआई, सानिमा, सिद्धार्थ र एभरेस्ट बैंक गरी पाँचवटा बैंकले कार्यक्रममा सहभागीलाई उत्कृष्ट अफरहरु प्रदान गरेका थिए । मेलामा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो । कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिको सहभागिता रहेको थियो ।उक्त कार्यक्रम अब जुन ६, २०१८ मा चितवनको भरतपुर गार्डेन रिसोर्ट तथा जुन ७, २०१८ मा पोखराको होटल पोखरा ग्रान्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App