८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्सको भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो प्रविधि सञ्चालनमा ल्याएको हो।

भिसा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ।’

बैंकमा डलर खाता भएका ग्राहकले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँमा खाता भएका ग्राहकले नेपाल र भारतमा डेबिट तथा  क्रेडिट कार्डमार्फत न्यूनतम वार्षिक शुल्कमा यो सेवा लिन सकिने बैंकले जनाएको छ ।
 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App