१६ चैत्र २०८० शुक्रबार
अर्थ

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

काठमाडौं- आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ। 

जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ। यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ। आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ। 

सर्वेक्षणअनुसार पछिल्लो समयमा मुद्रास्फीति चाप पर्न थालेको छ। २०७४ साउनमा २.३ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्त मुद्रास्फीति दर ०७४ फागुनमा ६ प्रतिशत पुगेको देखिएको छ।

त्यसैगरी २०७४ फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर २.३ प्रतिशत रहेको र अघिल्लो वर्षको सोही अवधिमा यो स्फीतिदर १ प्रतिशत रहेको थियो। 

आर्थिक २०६६/०६७ पछि नेपालको सोधान्तर पुन घाटामा गएको छ। प्रथम ८ महिनामा यस्तो घाटा २५ अर्ब पुगेको छ।  पछिल्लो समयमा निर्यातको तुलनामा आयातको वृद्धि दर उच्च देखिएको छ। जसले व्यापार घाटा बढ्दै गएको देखाउँछ।

२०७४/०७५ को प्रथम ८ महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले निर्यात हुँदा आयात भने २२.१ प्रतिशतले बढेको छ। 

यस्तै अवस्था रहने हो भने आर्थिक वर्षको अन्तिमसम्म व्यापार घाटा २१.२ प्रतिशतले बढेर कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत पुग्ने अनुमान छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App