१५ चैत्र २०८० बिहीबार
अर्थ

चाइनिज स्याउ भारत तस्करी

सिरहा- सिरहाबाट चाइनिज स्याउको तस्करी बढेको छ । सीमामा तायनाथ सशस्त्र प्रहरीसँग सेटिङमा स्याउ तस्करी हुने गरेको पाइएको छ ।

मङ्लबार बिहान २ बजेतिर सिरहाको नवराजपुर गाउँपालिका ३ कुसण्डीबाट नेपाल प्रहरीले ट्रयाक्टरमा लोड गरी भारततर्फ लगिँदै गरेको अवस्थामा १ सय ९६ कार्टुन स्याउ नियन्त्रणमा लिएपछि सेटिङमा तस्करीको रहस्य खुलेको हो । 

चाइनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ । को प्लेटमा नम्बर नलेखिएको ट्रयाक्टरमा ललमनियातर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्याउ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको स्याउ लहान स्थित स्याउ भण्डारबाट लगिएको थियो । 

चाइनिज स्याउ भारतीय सीमा पार गर्न लाग्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक(एसपी) जिवन श्रेष्ठले बताए । ट्रयाक्टर चालक चावी (साँचो)सहित फरार भएकाले नियन्णमा लिन नसकिएको उनले भने । 
यो नाकाबाट नियमितरूपमा स्याउ ललमनिया तस्करी तिब्र भएपछि प्रहरीले गौडा थापेर नियन्त्रणमा लिएको हो । सिरहाको कुसण्डी सीमाक्षेत्रमा दैनिक १० किलो स्याउको पनि बिक्री खपत छैन । तर दैनिक त्यहाँ सैयौं कार्टुन स्याउ भण्डारण हुने गरेको स्थानीय बताउँछन् । लहानबाट ट्रयाक्टर र पीकअपमा जीपमा लोड गरी स्याउ कुसण्डीक्षेत्रमा भण्डारण हुँदै आएको स्थानीय बताउँछन् ।

कुसण्डी नाकाबाट पछिल्लो केही महिनादेखि स्याउ भारत तस्करी हँुदै आएको थियो । यो नाकाबाट स्याउ तस्करी बढेको समाचार बाहिर आएपछि करिब दुई साता बन्द भई पुनः स्याउ भारत तस्करी सुरु भएकोे स्थानीय बासिन्दाहरुले बताए । 

लहानबाट चाइनिज स्याउ नवराजपुर गाउँपालिकाको कुसण्डी सीमाक्षेत्रमा स्टोर गरी रातिको समयमा उक्त स्याउ भारततर्फ तस्करी गर्ने गरिएको छ । सीमा क्षेत्रबाट चाइनिज स्याउ नम्बर प्लेट नभएको ट्रयाक्टर र पीकअप जीपमा राति भारततर्फ निकासी गर्ने गरिएको स्थानीयको भनाइ छ । 

स्याउ तस्करी गर्दा सीमामा तस्करी नियन्त्रणका लागि तायनाथ रहेका सशस्त्र प्रहरीकर्मीले नदेखेको जस्तो गर्ने गरेकाले उनीहरुको मिलेमतो हुनसक्ने स्थानीयको दाबी छ । लहान–धनगडी–लक्ष्मीपुरपत्तारी–कुसण्डी र लहान–महेशवारी–अभयनगरको बाटो हुँदै दिउँसै सीमा क्षेत्रमा पु¥याउने गरिएको स्याउ कुसण्डी, नरगी, झाझपट्टी नाकाबाट पारि पु¥याइन्छ । 
‘रातिको समयमा एक ट्रयाक्टर स्याउ सीमा क्षेत्र पार गर्न लाग्दा प्रहरीले रोक्यो,’ प्रहरी उपरिक्ष श्रेष्ठले पक्राउ गर्ने टोलीमा रहेका प्रहरीको भनाई उद्धृत गर्दै भने, ‘पक्राउ गर्न खोज्दा चालकले चाबी(साँचो) झिकेर टाप कसे ।’ 

भारततर्फ तस्करी गर्न लागेको स्याउ र ट्रयाक्टर कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइएको श्रेष्ठले बताए । चाइनिज स्याउ, मरिच र मदिरा स्थानीयस्तरमा सुरक्षाकर्मीसित लाइन मिलाएर भारततर्फ तस्करी हुँदै आएको सीमाक्षेत्रका स्थानीयहरुको कथन छ । बिहारमा मदिरा प्रतिबन्धितभएपछि नेपालबाट मदिराको तस्करी बढेको हो ।
सिरहामा सबभन्दा बढी कुसण्डी र नरगी नाकाबाट मदिराको आरपार हुने गरेको छ । 

विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको हो ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App