१६ चैत्र २०८० शुक्रबार
अर्थ

एनआइसीको कृषि तथा पर्यटन कर्जा

काठमाडौं – एनआइसी एसिया बैंकले कृषि व्यवसाय कर्जा र पर्यटन व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ।

कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रवद्र्धन र व्यवसाय विस्तार गर्ने योजना बनाइरहेका व्यवसायीलाई साथ दिने उद्देश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ।

व्यावसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीतिबमोजिम पाँच प्रतिशत ब्याज अनुदानको लागि आवश्यक व्यवस्था मिलाएको बैंकले जनाएको छ।

साथै शून्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा थप टेवा पुग्ने बैंकले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App