१५ चैत्र २०८० बिहीबार
अर्थ

पूर्वाधार विकास आर्थिक समृद्धिको आधार : मन्त्री अधिकारी

काठमाडौं – पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक छलफलमा मन्त्री अधिकारीले पूर्वाधार अस्वीकार गरेर समृद्धि नआउने बताए । पूर्वाधार विकास आर्थिक समृद्धिको आधार भएकाले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार बलियो भएमा मात्र नेपाली समाज समृद्धि तर्फ अघि बढ्ने उनले बताए।  

कृषिले मात्रै परिवर्तन ल्याउन सक्दैन भन्दै सहरी करणमा देखिएका आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने उनले बताए । विकास जनताका लागि भएको बताउँदै उनले जनतालाई विभेद गरेर विकास नहुने बताए ।राष्ट्रिय सभा सांसद डा.विमला राई पौडेलले आर्थिक वृद्धि र समृद्धि फरक कुरा भएको बताउँदै सबै जात, वर्ग, लिङ्ग क्षेत्रलाई समान अवसरबाट अघि बढाइएमा समृद्धि आउने बताइन् ।नेपाल समाजशास्त्र संघका अध्यक्ष डा.गणेशमान गुरुङ्ले समृद्धिका लागि समाजशास्त्रीय बहसको खाँचो रहेको बताए। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका प्राध्यापक युवराज लुँईटेल र पृथ्वीनारायण क्याम्पसका समाजशास्त्रका प्राध्यापक विश्वकल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए ।लुईटेलले समृद्धिका सम्भावित आधारशीलाहरुमा राजनीतिक स्थिरता, जनसांख्यक संक्रमणको लाभ, मध्यम वर्गको विस्तार, आम्दानीको पुनर्वितरण, अवसरको पुर्नवितरण रहेको बताएका थिए।

उनले अझैपनि भूमि सम्पत्तिको मुख्य आधार हो र उत्पादनको प्रमुख आधार भएाकाले कृषि क्षेत्रका विकासमा जोड दिनुपर्ने बताए ।  नेपालको कृषिक्षेत्रको ठूलो समस्या भनेको अनुपस्थित जग्गाधनी र गैरकृषकको भूमिका माथिको स्वामित्व भएकाले यसलाई अन्त्य गर्दै ‘जसको जोत उसको पोत’ नीति ल्याउनुपर्ने बताए । उनले प्रभावशाली मध्येम वर्गको उपस्थिती संमृद्धिको एक पूर्वाधार भएको बताए।

पोखरेलको कार्यपत्रमा शासकिय अनुशासन, कामको पारदर्शीता, पदिय जवाफदेहिता, नागरिक निगरानी उत्तरदायीपूर्ण व्यवहार,अनुगमन र स्वच्छ प्रशासन नै समृद्धिका खम्वाहरु भएको उल्लेख छ । समृद्धिका खम्वा बलियो नबनाएसम्म समृद्धिको यात्रा असम्भव हुने उनले उल्लेख गरेका छन् ।उपस्थित समाजशास्त्र तथा मानवशास्त्रका विद्यार्थीहरुले समृद्धिका लागि सरकारको कृयाकलाप, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति, विधीको शासन, निर्वाचनमा पारदर्शीता जस्ता विषय पनि समृद्धिको आधार हुनुपर्ने बताएका थिए ।    
 
 

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App