१६ चैत्र २०८० शुक्रबार
अर्थ

कुमारी बैंक र बि एण्ड सि बीच सम्झौता

काठमाडौं– कुमारी बैकले गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले बिर्तामोड, झापामा रहेको बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ।

उक्त सम्झौतामा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौता पश्चात कुमारी बैंकका ग्राहकहरुले बि एण्ड सि मेडिकलमा उपचार गराउँदा छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्ली स्थित मेद्धान्त अस्पताल लगायत अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, भिभान्त, नेपाल मेडिसिटी, मनकामना अस्पताल र केल्यावमा उपचार गराउँदा विषेश छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

कुमारी बैंकको ७४ वटा शाखाहरु रहेका छन् । साथै ५८ वटा एटिएम तथा दुई वटा एक्सटेन्सन काउण्टरहरुद्घारा बैंकिङ सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित: २४ वैशाख २०७५ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App