१६ चैत्र २०८० शुक्रबार
अर्थ

टेलिकमका ग्राहक दुई करोड !

काठमाडौं- नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ। 

टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी ग्राहक संख्या पुगेको हो। कम्पनीका अनुसार फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७२२ पुगेको छ। 

हालै विभिन्न सञ्चारमाध्यमका प्रकाशित टेलिकमसँग सम्बन्धित केही समाचारले सर्वसाधारणमा भ्रम उत्पन्न हुनसक्ने भन्दै कम्पनीले अाइतबार विज्ञप्ति जारी गरी ग्राहकबारे स्पष्ट पार्दै कुनै भ्रममा नपर्न सर्वसाधारणमा आग्रह गरेको छ। 

डाटा सेवाका लागि कम्पनीले हाल पाँच एमबिपीएससम्म गतिको अनलिमिटेड एडिएसएल इन्टरनेट सेवा मासिक न्यूनतम रु ५८३ सम्मको मूल्यमा उपलब्ध गराइरहेको जनाएको छ। 

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ। 

टेलिकमले मुलुकमै पहिलोपटक गत वर्षदेखि शुरु गरेको फोरजी सेवालाई देशभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्यांकनको अन्तिम चरणमा रहेको जनाएको छ।

दूरसञ्चार सेवाको बजार प्रतिस्पर्धात्मक भइरहेको वर्तमान अवस्थामा कम्पनीले छिटोभन्दा छिटो फोरजी मोबाइल सेवालाई मुलुकभर विस्तार गर्न प्राथमिकताका साथ कार्य गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २३ वैशाख २०७५ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App