८ वैशाख २०८१ शनिबार
अर्थ

हातिलको प्रवर्द्धनात्मक अफर सार्वजनिक

काठमाडौं– बंगलादेशको प्रसिद्ध फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ । प्रवर्द्धनात्मक अफर एक महिना चल्नेछ।
वार्षिकोत्सव अफरमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ।

यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने नेपालका लागि हातिलको अधिकृत बिक्रेता अखिल ट्रेडिङ कन्सर्न प्रालिले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ।सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङसँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री सुरु भएको थियो।

आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण प्रसिद्धि कमाएको हातिलले नेपालमा स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै लोकप्रियता कमाएको कम्पनीको दाबी छ।

प्रकाशित: १९ वैशाख २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App