८ वैशाख २०८१ शनिबार
अर्थ

लेखनाथ र कुष्मामा मेगा बैंक

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका–२७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा बिस्तार गरिएको हो।

लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक सञ्चालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । मेगा बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार, शाखा विस्तारपछि साबिकको लेखनाथ क्षेत्रका बासिन्दा उत्साहित देखिएका छन्।

यसैगरी, कुष्मा शाखाको मेगा बैंक सञ्चालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एकसंयुक्त रुपमा उद्घाटन गरेका थिए । गत वर्ष जेठबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधीमा दुई हजार ४४ वटा खाता खोल्न सफल भइसकेको जनाएको छ।
 

प्रकाशित: १७ वैशाख २०७५ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App