१६ चैत्र २०८० शुक्रबार
अर्थ

रोजगार सम्बन्धी व्यावसायिक भ्रमण

काठमाडौं – नेपाली कामदारको वैदेशिक रोजगार गन्तव्य संयुक्त अरब इमेरेट्समा (युएई) व्यवसायीहरुले दुई देशको रोजगर सम्बन्धमा व्यावसायिक भ्रमण गर्ने भएका छन्। वैदेशिक रोजगार तामाङ व्यवसायी समाजको नेतृत्वमा वैशाख २७ देखि ३१ गतेसम्म व्यावसायिक भ्रमण गर्न लागेको हो। 

पाँच दिने व्यवसायिक भ्रमणका क्रममा नेपाली कामदारको अवस्था र सम्भावनाको विषयमा रोजगारदाता कम्पनीसँग समाजले छलफल गर्ने आयोजकले जनाएको छ।

समाजले राजधानीमा पत्रकार सम्मेलन गरेर युएई भ्रमणको उदेश्य प्रष्ट पारेका थिए । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष टंक घिसिङले विशेषगरी युएईमा नेपाली कामदारको मागको विषयमा सम्भाव्यता  अध्ययन गरिने बताए । 
‘दुई देशबीचमा लामो समयदेखि रोजगार र कामदारबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउनका लागि हामीले भ्रमणका नेतृत्व लिएका छौं । भ्रमण भ्रमणका लागि मात्रै नभएर गुणस्तरिय र व्यवसायिक भ्रमण हुनेछ,’ अध्यक्ष घिसिङले भने,‘युएईस्थित एनआरएन, नेपाली संघसंस्था र नेपाली दुतावासका प्रमुख तथा प्रतिनिधिसँग नेपाली कामदारको अवस्था, समस्या र समाधनको विषयमा प्राथमिकताको साथ छलफल गर्नेछौं।’ 

नेपालीहरुको वैदेशिक रोजगार गन्तव्यहरुमध्ये दुवई प्राथमिकता पर्ने उनको भनाई थियो । युएईमा घेरेलु कामदारदेखि इजिनियहरु समेत नेपाली रहेको बताए। अध्यक्ष घिसिङले विदेशी कम्पनीको प्रबन्ध निर्देशक नेपालीहरु भएकोमा म्यानपावर व्यवसायीले गर्व गर्नु पर्नेमा जोड दिए। 

‘दुवई रोजगाकारका लागि सम्भावना नै सम्भावना भएको देश हो । यसकारण भ्रमणले गुणस्तरिय कामदारको माग ल्याउन सहयोग पुग्ने अपेक्षा लिएको छु।’  

अध्यक्षका अनुसार भ्रमणमा ५० जनाको टोलि रहेका छन् । यो भ्रमणले ब्यावसायीको ब्यवसायीक क्षमताको स्तर उन्नतीमा सहयोग पुग्ने जनाएको छ। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष शुक्र पाख्रिनले युएईमा करीव पाँच लाख नेपाली कामदार रहेको बताए । ‘नेपाली कामदारका लागि युएई नौलो ठाउँ नभएपनि रोजगारका लागि व्यवसायिक गन्तव्य हो,’ उनले भने।
युएईको रोजगारदातासँग नेपालका कतिपय म्यानपावर व्यवसायीले प्रत्यक्ष रुपमा भेटेर काम र भिषाको विषयमा जानकारी लिन नसक्दा विचौलियाहरुले फाइदा लिने गरेको उनको भनाई छ। 

विचौलियाहरुबाट कामदारको माग लिदा कामदारका साथै म्यानपावर व्यवसायी समेत ठगिने संघका उपाध्यक्ष पाख्रिनले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७५ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App