१६ चैत्र २०८० शुक्रबार
अर्थ

पुनर्निर्माणसम्बन्धी जाइकाको फोटो प्रदर्शनी

ललितपुर– जाइका नेपालले गोरखा भूकम्पको तेस्रो वार्षिकीको अवसरमा आयोजना गरेको फोटो प्रदर्शनी सोमबार सम्पन्न भएको छ।

जाइकाले विगत तीन वर्षमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सञ्चालन गरेको गतिविधिबारे जानकारी दिने उद्देश्यले शुक्रबार (वैशाख ७ गते) देखि प्रदर्शनी आयोजना गरिएको थियो।पुल्चोकस्थित लबिम मलमा आयोजित प्रदर्शनीमा जाइकाले भूकम्पलगत्तै सञ्चालन गरेको राहत तथा पुनस्थापना कार्यक्रम, भूकम्प प्रभावित जिल्लामा जाइकाको सहयोगमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न भएका निजी आवास, स्वास्थ्य, शिक्षालगायत विभिन्न सरकारी भवन, सडक, पुललगायत संरचनाको तस्बिर राखिएको थियो।

‘अझ सुदृढ पुनर्निर्माण’को अवधारणामा केन्द्रित उक्त कार्यक्रमले उत्थानशील नेपालको निर्माणमा सहयोग गर्ने अपेक्षा रहेको जाइका नेपालका प्रमुख जुन साकुमाले बताए । नेपालमा भइरहेको पुनर्निर्माण र विकासको काममा थप ऊर्जा र आशा जगाउन प्रदर्शनी सफल भएको जाइकाले जनाएको छ।

यसअघि गत शुक्रबार प्रदर्शनीको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । ‘अबको दुई वर्षभित्र हामीले पुनर्निर्माणका सम्पूर्ण काम सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘अहिले निजी आवासलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । स्वास्थ्य तथा शैक्षिक संस्था, सार्वजनिक भवन, सांस्कृतिक सम्पदालगायत पुनर्निर्माण कार्य पनि तोकिएकै समयमा सम्पन्न गर्छौं।’


 

प्रकाशित: ११ वैशाख २०७५ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App