४ वैशाख २०८१ मंगलबार
अर्थ

निर्माण व्यवसायलाई मर्यादित बनाउन पहल गर्ने

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले यसका लागि सक्दो पहल गर्ने बताएका हुन् । निर्माण व्यवसाय क्षेत्रमा रहेको समस्याबारे आफू गम्भीर रहेको उनको भनाइ छ।  

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको टोलीले व्यवसायीले भोग्दै आएका समस्याबारे सचिव रेग्मीको ध्यानाकर्षण गराएको थियो । महासंघले परियोजना निर्माणमा विभिन्न पक्षको संलग्नता हुने गरेपनि कुनै समस्या आएमा एकपक्षीय ढंगले व्यवसायीलाई मात्र आक्षेप लगाउने परिपाटी अन्त्य हुनुपर्ने माग गरेको छ । निर्माणका क्रममा प्राप्त जिम्मेवारीलाई सबैले पूरा गर्नुपर्ने र जिम्मेवारी पूरा नगर्नेलाई सजायको भागिदार बनाउनुपर्ने माग महासंघको छ।  

सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथौ संशोधनले सम्बोधन नगरेका तथा त्रुटिपूर्ण भएका संशोधन, अव्यवहारिक तथा सार्वजनिक खरिद कार्यलाई नै प्रभावित हुने दफा तथा नियम संशोधन गर्ने गराउने कार्य जतिसक्दो चाँडो गराउन महासंघले आग्रह गरेको छ।
 

प्रकाशित: ७ वैशाख २०७५ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App