८ वैशाख २०८१ शनिबार
अर्थ

गण्डकी विकास बैंकको थप आठ शाखा

काठमाडौं– गण्डकी विकास बैकले बुधबारबाट थप आठवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौं नयाँ बानेश्वरमा शाखा खोलेको हो।

अब गण्डकीको शाखा ५९ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैकले ती शाखाबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा आस्बा, एटिएम, इसिसी-आइपिएस, मोबाइल बैंकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैकिङ सेवा दिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ६ वैशाख २०७५ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App