६ वैशाख २०८१ बिहीबार
अर्थ

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

काठमाडौं– नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।

प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी र बोस्निया र हर्जगोभिनाका राजदूत साबिट सुबासिचले संयुक्त रुपमा गरे । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, शंकर ग्रुपका प्रबन्ध निर्देशक तथा बोस्निया र हर्जेगोभिनाका लागि नेपालका अवैतनिक वाणिज्यदूत साहिल अग्रवाललगायत उपस्थित थिए।

विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले खिचेका एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि झल्कने तस्बिर प्रदर्शनीमा राखिएका छन्।

बोस्निया र हर्जगोभिना युरोपियन गन्तब्य पर्यटकीय स्थल हो । बोस्निया र हर्जगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकलाई तस्बिरका माध्यमबाट परिचित गराउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलस्थित इभोक बिस्ट्रो तथा क्याफेमा अप्रिल १६ देखि १८ सम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने बताइएको छ।
 

प्रकाशित: ५ वैशाख २०७५ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App