coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सन्राइजको बोनस सेयर सूचीकृत

काठमाडौं– सन्राइज बैंकको एक करोड ६ लाख ३३ हजार ७ सय ६८.५० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

स्टकको बुधबारको निर्णय अनुसार सूचीकरण भएको बैंकले जनाएको छ । बैंकको गत पुसमा सम्पन्न १०औं वार्षिक साधारण सभाले सो बोनस सेयर बाँड्ने प्रस्ताव पारित गरेको थियो ।
अब सन्राइजको चुक्ता पुँजी आठ अर्ब १५ करोड रुपैयाँभन्दा बढी भएको छ । यो नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँभन्दा बढी हो ।

प्रकाशित: २९ चैत्र २०७४ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App