७ वैशाख २०८१ शुक्रबार
अर्थ

कुपन्डोलमा महिन्द्राको सर्भिस स्टेसन

काठमाडौं– महिन्द्रा एन्ड महिन्द्राको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुका लागि कुपन्डोलमा सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ। उक्त सर्भिस स्टेसन सोमबारबाट सञ्चालनमा आएको हो।

यस सर्भिस स्टेसनको उद्घाटन पत्रकार कुन्द दीक्षितले गरेको कम्पनीले जनाएको छ । सो स्टेसनबाट विद्युतीय गाडीहरुको सर्भिस, पिडिआई (प्रि–डेलिभरी इन्सपेक्सन) पनि गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै यस सेन्टरबाट विद्युतीय गाडीको स्पेयर पार्ट बिक्री तथा सर्भिसिङ समेत गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७४ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App