coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

दोलखा – प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

ओली चिनीयाँ राजदूत यु होङ, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जलविद्युत क्षेत्रका पदाधिकारीका साथ दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माणाधिन ४५६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निरीक्षण तथा अनुगमनका लागि त्यहाँ पुगेका हुन्। सो क्रममा ओलीले आयोजनाको सुरुङ मार्ग, भूमिगत विद्युत गृह र बाँधस्थलको निरीक्षण गरेका छन्।

विभिन्न देशका ४ वटा ठेकेदार कम्पनीले काम गरिहेको आयोजनाको ९४ प्रतिशत काम सकिएको छ। आयोजनाको लागत ३५ अर्बबाट बढेर अहिले सम्म ४६ अर्ब पुगिसकेको ठेकेदार कम्पनीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। ठेकेदारको लापरबाहीका कारण आयोजनाको निर्माण कार्य अझै सकिएको छैन्।

अनुगमनका क्रममा ओलीले तोकिएकै समयमा काम पूरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीसँगै आयोजनास्थल पुगेकी चिनियाँ राजदूतले होङले  पनि आफ्नो देशका कम्पनीका ठेकेदारलाई भेट्दै काम चाँडो सक्न निर्देशन दिएकी छिन्। भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना काम समयमा पूरा नहुने सम्भावना देखिएको छ।

प्रकाशित: २८ चैत्र २०७४ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App