८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

सुपर काबेली ‘ए’ ले विद्युत् प्रसारण लाइनको मंसिर ९ मा परीक्षण गर्ने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ निर्माण गरिएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाले मंसिर ९ गते विद्युत् प्रसारण लाइनको परीक्षण गर्ने भएको छ।

स्नो रिर्भस लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजना निर्माण प्रारम्भ गरेको छोटो अवधिमै उसले निर्माण कार्य पूरा गरी विद्युतको परीक्षण गर्न लागेको हो।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आयोजनाको विद्युतगृह रहेको स्थान देखि पाँचथर अमरपुरस्थित दुवीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए बिद्युत प्रसारण लाइनमा विद्युत् प्रवाह गरी लाइनको परीक्षण गरिने छ।

परीक्षणका क्रममा मंसिर ७ गते बिहान ७ः३० बजेदेखि सिरिजङ्गा गाउँपालिका वडा नं ८ को सामेखाम देखि वडा नं ७ को ओथामा काबेली दोभान क्षेत्र सम्मको भागमा पानीको सतह घटबढ हुन सक्ने भएकोले उक्त क्षेत्रको काबेली किनारमा सचेतना अपनाउन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ।

सो दिन काबेली खोला किनारमा माछा मार्ने, नुहाउने, गाईबस्तु तथा पशु चौपाया छाड्ने तथा खोला किनारमा आवतजावत गर्ने कार्य नगरिदिन समेत आयोजनाले आग्रह गरेको छ। विद्युत् प्रवाहको परीक्षण हुने दिन मंसिर ९ गते बिहान ७ः३० बजेदेखि प्रभावित क्षेत्रमा लाइनको तार छुने,टावरमा चढ्ने जस्ता कार्य नगर्न,नगराउन समेत आयोजनाले सबैलाई आग्रह गरेको छ। 

प्रकाशित: ६ मंसिर २०८१ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App