coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक गणना तयारी पूरा

खोटाङ– आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ । आगामी वैशाख १ देखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ति, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसारलगायत गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।

जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गर्न र उपयुक्त आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि आर्थिक गणना गर्न लागिएको गणना अधिकृत खगेन्द्र कार्कीले बताए । आर्थिक गणनाका लागि खोटाङमा १७ गणक नियुक्ति गरेर परिचालनका लागि तयारी गरिएको छ।

आर्थिक गणनाका क्रममा जिल्लाका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने सबै प्रतिष्ठान तथा व्यवसायको गणना गर्ने तयारी गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभिन्न वस्तु उत्पादन गर्ने लघु, साना तथा ठूला उद्योग, होटल तथा लज, निर्माण व्यवसाय, शैक्षिक संस्था, यातायात व्यवसायी, सूचना तथा सञ्चार सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने संस्था, थोक तथा खुद्रा बिक्री गर्ने व्यवसाय, स्वास्थ्य संस्था, म्यानपावर, गैर–सरकारी संघसंस्था, पशुपालन, कुखुरा फर्म, जडीबुटी, नर्सरी लगायतको गणना गरिने आर्थिक गणना अधिकृत कार्कीले बताए ।
 

प्रकाशित: २७ चैत्र २०७४ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App