coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समृद्धिको आधार उर्जा : मन्त्री पुन

काठमाण्डौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन्। समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने बताए। सिंचाई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतबार पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा जोड्न नसकिएको बताए।

उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन दिए। ‘देशमा नयां व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपूर्वक सरकारको निर्देशन पालना गर्नुहोस्’, मन्त्री पुनले भने।

उनले मुलुकको समृद्धि सुशासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे। पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफुले जिम्मेवारी दिने बताए। 

प्रकाशित: २५ चैत्र २०७४ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App