८ वैशाख २०८१ शनिबार
अर्थ

एसियन लाइफ ११ वर्षमा प्रवेश

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सले १० वर्षमा विभिन्न जिल्लामा २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालय स्थापना गरेको जनाएको छ।

इन्स्योरेन्सले ११औं वर्ष प्रवेशका अवसरमा मैतिदेवी मन्दिर परिसर सरसफाइ, नितिन मस्तिष्क पक्षघात समाज, गौरीघाटलाई अपांगमैत्री कुर्सी तथा टेबल हस्तान्तरण गरेको जनाएको छ।

त्यस्तै, लायन्स क्लब चाबहिलसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ९० जना सहभागी भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७४ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App