५ वैशाख २०८१ बुधबार
अर्थ

थाइल्याण्ड, म्यानमार र पाकिस्तानलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं– बुधबारदेखि थाइल्याण्डको बैंककमा जारी एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ। 

नेपालबाट उर्जामन्त्री वर्षमान पुनसहित विभिन्न देशका मन्त्री, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला सम्मिलित मञ्चको बैठकले  दिगो विकासका लक्ष्य पूरा गर्ने विषयलाई मुख्य प्राथमिकता राख्दै बिहीबार सकिएको छ। 

बैंककस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै बैठकले जारी गरेको घोषणापत्रमा दिगो विकासका लक्ष्य पूरा गर्ने,  ऊर्जा संक्रमण अन्त्य गर्न उच्च प्राथमिकता दिने,  ऊर्जा आपूर्ति वृद्धि तथा क्षेत्रीय पहुँच विस्तारमा प्रोत्साहन गर्ने लगायतका ७ वटा बुँदा समावेश भएको जनाएको छ। 

त्यसक्रममा उर्जामन्त्री पुनले थाइल्याण्ड, म्यानमार र पाकिस्ताका ऊर्जा तथा जलस्रोत मन्त्रीसँग क्षेत्रीय ऊर्जा विकासबारे छुट्टाछुट्टै छलफल गरेका थिए। छलफलमा उनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। 

यसअघि बुधबार दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी गराएका थिए। उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा उनको जोड थियो। 

प्रकाशित: २२ चैत्र २०७४ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App