१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : घरमै गाडी जाँच हुने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढिपहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । 

टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्णमर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।  

यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।  

यस चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराउनुभएको छ ।  

प्रकाशित: १३ आश्विन २०८१ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App