१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेसंगै कारोबार रकम पनि घट्यो

साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा पुगेको छ । आइतबार नेप्सेसंगै कारोबार रकम पनि घटेको छ।

गएको साता बिहीबार ४ अर्ब ८४ करोडको शेयर कारोबार भएको बजारमा यस साता आइतबार ३२७ स्टकको ५८ हजार ४०१ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी , साताको पहिलो कारोबार दिन आइतबार  सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: १३ आश्विन २०८१ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App