२२ असार २०७७ सोमबार
अर्थ

ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि, मूल्य घट्दा किसान मारमा

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङदेवाका किसानले उत्पादन गरेको भार्लाङ जातको अलैंचीको बिरुवा। यसलाई अलैंची नर्सरीको रुपमा विकास गरिँदै आएको छ। तस्बिरः नागरिक

ताप्लेजुङ – मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।

यो वर्ष ताप्लेजुङमा अघिल्लो वर्ष भन्दा ४ सय मेट्रिकटन बढी अलैंची उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मित्रलाल पौडेलका अनुसार यसवर्ष यहाँ २ हजार ९ सय २० मेट्रिक टन अलैंची उत्पादन भएको छ। अघिल्लो वर्ष यहाँको उत्पादन २ हजार ५ सय २० मेट्रिक टन मात्र रहेको थियो। ‘एक वर्षकै अवधिमा उत्पादनमा आएको वृद्धि अन्तर निकै ठूलो हो’पौडेलले भने‘यो अत्यन्तै सकारात्मक पनि छ’। खेती क्षेत्र लगभग उतिनै कायम हुँदा पनि उत्पादनमा भएको वृद्धिलाई सकारात्मक मान्नुपर्ने पौडेलले बताए।

जिल्ला कृषि विकास कार्यालयका अनुसार ४ हजार २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिदै आएको छ। पौडेलले उत्पादकत्वमा समेत सकारात्मक प्रभाव देखिएको जानकारी दिए। अघिल्लो वर्ष सम्म ०.६ मेट्रिक टन प्रति हेक्टर रहेको उत्पादन अहिले ०.७ मेट्रिक टन प्रति हेक्टर पुगेको समेत पौडेलले जानकारी दिए। सिचाँईको उपलब्धतामा भएको सुधार,बगान व्यवस्थापन र नयाँजातका बिरुवा रोपन लागयतका कार्यले उत्पादन वृद्धिमा बल पुगेको पौडेलको ठम्याई छ।

पानीको समुचित व्यवस्थापन हुन सकेमा अलैंचीले उत्पादनमा सकारात्मक संकेत देखाउने पौडेलले बताए। उनले जैविक मल जस्तै गाई बस्तुको गोवर र मुत्र संकलन गरी त्यसलाई निश्चित अवधि सम्म राखेर प्रयोग अलैंचीमा प्रयोग गर्ने बानीको समेत विकास हुँदै गएकोले उत्पादन वृद्धिमा ठूलो टेवा पुगेको जानकारी दिए। नियमित सिचाँई,बगान सरसफाई, जैविक मलको प्रयोग र समय–समयमा गरिने बगान पुर्नरोपण लगायतका कार्यले उत्पादन वृद्धि हुने पौडेलले जानकारी दिए। सामान्यतया १० वर्ष पछि नयाँ बिरुवा रोपन गर्नाले उत्पादन वृद्धिमा ठूलो अन्तर देखिने समेत पौडेलले जानकारी दिए।

नेपालमा उत्पादन हुने मध्ये ३० देखि ४० प्रतिशत उत्पादन अलैंचीको उत्पादन ताप्लेजुङ एक्लैले गर्दै आएको छ। यहाँ १ हजार २ सय मिटर देखि १ हजार ८ सय मिटर सम्मको उचाईमा हुने रामसाई जातको अलैंची खेती सबैभन्दा बढी लगाइएको छ। त्यसपछि १ हजार मिटर देखि १ हजार ५ सय मिटर सम्मको उचाईमा उत्पादन योग्य मानिएको गोलसाई जातलाई किसानले महत्व दिएका छन्।

पौडेलका अनुसार भार्लाङ र जिर्मले जातको अलैंची खेती समेत यहाँका लागि अनुकूल मानिन्छ। तर यी जातका अलैंची कमै मात्र लगाइएको उनले बताए। ईसिमोड÷हिमालिका कार्यक्रम सञ्चालन भएका केहि क्षेत्रमा सेरेम्ना जातकका अलैंचीका बिरुवालाई प्रोत्साहन गरिएपनि अन्य क्षेत्रमा यसको खेती हुन नसकेको पौडेलको भनाई छ। बगान र सिचाँईको नियमित व्यवस्थापन उत्पादन वृद्धिका लागि सबैभन्दा उत्तम उपाय हुने पौडेलले बताए।

उत्पादन वृद्धि भएको अलैंचीको मूल्यले भने यस वर्ष किसान तथा व्यवसायी दुवैलाई मारमा पारेको छ। मुल्यमा देखिएको उतारचढावले किसान–व्यवसायी दुवैलाई छक्याएको हो। माघ पहिलो साता प्रतिमन (किलोग्राम) को ५० हजार रुपैैयाँ सम्म पुगेको अलैंचीको भाउ चैत दोस्रो साता आइपुग्दा प्रतिमन ३० हजारमा झरेको छ।

करिव अढाई महिनाको अन्तरालमा २० हजार प्रतिमनको उतारचढावले किसान–व्यवसायी दुवैलाई असर गरेको ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए। अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष बालमणि बरालले मुल्यमा आएको उतारचढावले किसान भन्दा बढी मार व्यवसायीमा पर्ने बताए।

प्रकाशित: १८ चैत्र २०७४ १७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App