४ वैशाख २०८१ मंगलबार
अर्थ

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

काठमाण्डौं– उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ। उर्जामन्त्रालयमा शुक्रवार दिउँसो भएको छलफलमा उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा निगमका नेपाल प्रमुख रसिदले उर्जा क्षेत्रमा निगमको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

मन्त्री पुनले भेटमा अपर त्रिशुली १ मा आइएफसीले गरिरहेको सहयोगबारे आफू जानकार रहेको भन्दै आगामी दिनमा समेत उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

उनले वर्तमान सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य भएको भन्दै त्यसका लागी लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताए।

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले भारत सरकारसँग पिटीए सम्झौता भएको भन्दै त्यसको गाइडलाइन अनुसार काम गर्ने धारणा राखेका थिए। उनले बुटवल–गोरखपुर प्रशारण लाइन निर्माणको लागी भारत सरकारसँग छलफल भइरहेको भन्दै त्यसको निर्माण पश्चात उर्जा क्षेत्रमा सार्क तहको सहकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ चैत्र २०७४ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App