१६ चैत्र २०८० शुक्रबार
अर्थ

त्रिशुली गल्छीमा चिनियाँ कम्पनीको नौ अर्ब ८३ करोड लगानी

काठमाडौं– सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ ।  चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित दोङफाङ इलेक्टिक कर्पोरेसन र  सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बुधबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

नुवाकोट र धादिङ जिल्लाको बीचमा निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल साउनबाट सुरु हुने र ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १५ अर्ब ५० करोड रुपैयाँ लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले ९ अर्ब ८३ करोड रुपैयाँ लगानी गर्नेछ भने बाँकी रकम नेपाली लगानीकर्ता मार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गरिनेछ।

दोङफाङ इलेक्टिक कर्पोरेसन टरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरु मध्येको एक कम्पनी हो । यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेलवयज विउरो–११  ले गर्नेछ । यो कम्पनी हाल भेरी बबई सिचाई आयोजनाको सुरुङ निर्माण कार्यमा संलग्न रहेको छ।

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हुँदा यस परियोजनाले ८२.५ मेगावाट सम्म विद्युत उत्पादन गर्न सक्नेछ । यो एक बहुआयामिक परियोजना हुनेछ ।  यो परियोजनाको लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण गर्न सकिनेछ।

 यो परियोजनाको विद्युत गृह राजधानीबाट नजिक भएकोले उक्त स्थलमा जलक्रिडा स्थल, भनभोज साथै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिनेछ । साथै यस परियोजना स्थल वरपर साना ठुला होटल तथा रिसोर्टहरु सञ्चालन गरि पर्यटकिय स्थलको रुपमा पनि विकास गर्न सकिने सम्भावना देखिएको छ ।

जसले गर्दा पोखरा तथा चितवन जाने पर्यटकहरुलाई आकर्षित गरि त्यस ठाउँका स्थानिय जनताका लागि भरपुर रोजगारीको अवसर प्राप्त हुने सम्भावना गनि रहेको छ ।चिनियाँ कम्पनीले  गरेको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरि सक्नु पर्नेछ । उक्त आयोजना लक्ष्मी बैक लिमिटडको अगुवाइमा सम्पन्न हुनेछ।
 
 

प्रकाशित: १५ चैत्र २०७४ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App