नेपालको फोनपे नेटवर्कमा युपिआईको प्रयोग बढाउने उद्देश्यले नयाँ वर्षको अवसरमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुने फेवा महोत्सवमा फोन पेले इसेवा र होटल संघसँग सम्झौता गरेको छ।
यसै क्रममा फोनपेले फेवा महोत्सवमा ग्राहकमाझ युपिआईको प्रायोगले डिजिटल भुक्तानीमा सहजता झल्काउने र स्थानीय व्यापारीहरूबीच डिजिटल भुक्तानीको बारेमा चेतना वृद्धि गर्ने उद्देश्यले डिजिटल ब्रान्डिङ गर्ने जनाएको छ।
फोनपे इन्टरनेसनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले यस साझेदारी फोनपे नेटवर्कमा युपिआईको स्थान सुनिश्चित गर्न व्यापारीलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुने बताए।
प्रकाशित: २९ चैत्र २०८० ०७:४६ बिहीबार