८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी र संखुवासभापावरबीच सम्झौता

एनआइसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ। क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको हो।

निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अज्र्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

 संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले संखुवासभा जिल्लास्थित सभाखोलामा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ। जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत् आयोजना र ४.१ मेगावाटको सुपर सभाखोला साना जलविद्युत् आयोजना रहेका छन्।

प्रकाशित: २३ माघ २०८० ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App