८ वैशाख २०८१ शनिबार
अर्थ

श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं– सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त भएसँगै हाल मुलुकमा देखिएको आर्थिक तथा वित्तीय चुनौतीलाई सम्बोधन गर्न श्वेतपत्र जारी गर्ने तयारी थालेको हो।

मन्त्रालयले यसका लागि आन्तरिक तयारी गरिरहेको अर्थका एक उच्च अधिकारीले जानकारी दिए । मुलुकमा हाल देखिएको वित्तीय चुनौतीलाई सम्बोधन गर्ने गरी मन्त्रालयले यस्तो तयारी गरेको उनले बताए ।
‘श्वेतपत्रका लागि मन्त्रालयले काम गरिरहेको छ । केही दिनभित्रै श्वेतपत्र जारी गर्ने योजना छ,’ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले नागरिकसँग भने । चालु आवको मध्यावधि समीक्षा सार्वजनिक गरेलगत्तै श्वेतपत्र जारी गर्ने तयारीमा रहेको उनले बताए । मन्त्रालयले बुधबार (आज) चालु आवको मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ।

अर्थका अधिकारीका अनुसार श्वेतपत्रले विभिन्न तहका सरकारबीच स्रोत बाँडफाँड र वितरणमा देखिएको समस्यालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ । मुलुकको बढ्दो व्यापार घाटा कम गर्न र विकास परियोजनाहरुमा लगानी विस्तार गर्ने विषयसमेत श्वेतपत्रमा सम्बोधन गरिनेछ ।यसअघि भूकम्पलगत्तै भारतले गरेको अघोषित नाकाबन्धीको समयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्वेतपत्र जारी गरेका थिए।
 

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App