१५ चैत्र २०८० बिहीबार
अर्थ

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महासंघले आयोजना गर्न लागेको मेला यही फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ । मेलाको उदघाटन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने आयोजकले जानकारी दिएको छ । ‘सोकेसिङ नेपाल एन्ड दी ग्लोब’को मुख्य थिममा प्रत्येक वर्ष आयोजना हु“दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो।

मेलामा तीन सयभन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने महासंघले जनाएको छ । नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेशलगायत देशको सहभागिता रहनेछ । मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, एनटिआइएस प्रोडक्टलगायत रहने छन् ।

‘मेलाको अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्य रहेको छ,’ महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टल रहने छन्।’

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने बताइएको छ । ‘यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब दुई लाख अवलोकनकर्ता आउने अनुमान छ । मेलामा भाग लिन तथा अवलोकनका लागि चीनको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहिचान बनाइसकेको यो मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षित गर्न, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने महासंघको विश्वास छ।मेला आयोजनामा वाणिज्य मन्त्रालय र मेला प्रवर्द्धनमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सहयोग गरेको आयोजकले जनाएको छ । ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सह–आयोजकका रुपमा रहेका छन् ।
 

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App