८ वैशाख २०८१ शनिबार
अर्थ

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमडौं – सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।

सयपत्री हाइड्रोपावर लिमिटेडले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात तीन लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र बागलुङ जिल्लाका स्थानीयलाई र २० प्रतिशत अर्थात ६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकम नियुक्त गरेको जनाएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा सयपत्री हाइड्रोपावरका अध्यक्ष बद्रि केसी र एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् । हाल उक्त कम्पनीको अधिकृत पुँजी ५० करोड र जारी पुँजी ३० करोड रहेको होइड्रोपावरले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App