१६ चैत्र २०८० शुक्रबार
अर्थ

राई र गुरूङले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौ – ‘आइएमई गरौं, आईफोन एक्स जितौं’ नारासाथ आइएमई लिमिटेडले सञ्चालनमा ल्याएको स्किमको अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीलाई लक्षित गरी गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो।

स्किमअन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीमध्येबाट हरेक दिन पाँचजना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति दुईवटा चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध  गराइएको थियो।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख बिक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिक गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा ३४ हजार चार सय ३६ रुपैयाँ पठाउने आइएमई सेवाग्राही राई छानिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, योजना अवधिमा विदेशस्थित आइएमईका व्यावसायिक साझेदार संस्थाहरु मनिग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरी नेपाल पठाएको पैसा लिने सेवाग्राहीमध्येबाट लालबहादुर गुरुङ छानिएको विज्ञप्तिमा उल्लेख छ । आइएमई लिमिटेडका प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिकगर्दा साइप्रसबाट मनिग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ भाग्यशाली विजेता बनेका हुन्।  
 

प्रकाशित: २० फाल्गुन २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App