coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आगलागी पीडितलाई प्रवासीको सहयोग

नुवाकोट – कोरियामा कार्यरत नेपालीहरुको संस्था नुवाकोट समाज तथा बुद्ध इन्टरटेन्मेन्टले विदुरको एक आगलागीपीडित परिवारलाई संयुक्त रुपमा ५८ हजार रुपैयाँ सहयोग गरेको छ।

उनीहरुले विदुर नगरपालिका वडन नं. ६, गैराह टारकी राममाया राईको परिवारलाई उक्त सहयोग गरेको हो । राइैको घरमा विद्युत् सर्किट सर्ट भएर आगलागी हुँदा भूकम्पपीडितको राहत रकम, लत्ता–कपडा, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । राहत रकम कोरियाबाट बिदामा घर आएका सुन्दरप्रसाद अधिकारीले हस्तान्तरण गरेका थिए।  

 

प्रकाशित: २० फाल्गुन २०७४ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App