८ वैशाख २०८१ शनिबार
अर्थ

एक अर्ब ६६ करोड राजश्व संकलन

काठमाडौं – जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थि वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो। सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन (घर जग्गा पास) शुल्क संकलन गर्दै आएको छ।

कार्यालयले काठमाडौंको कलंकी, मनमैजू, चाबहिल तथा साँखुबाट पनि मालपोत उठाउँदै आएको छ। मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए।

उनले मालपोत कार्यालयमा गएको फागुनदेखि पूर्णरुपमा अनलाइनमार्फत सेवाग्राहीलाई सेवा दिन थालिएको छ। रजिष्ट्रेशन, जग्गा नामसारी तथा अदालती मुद्दा कार्यान्वयन प्रमुख कार्य भएको उनको भनाइ छ।

कार्यालयका प्रमुख लेखा अधिकृत कृष्णप्रसाद दाहालले कार्यालयभित्र रहेका चारवटा रजिष्ट्रेशन फाँट, दुईवटा मुद्दा फाँट, चारवटा मोठ फाँट तथा एउटा तामेली फाँटमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए। उनले घरजग्गाको किनमेलमा केही कमी आएको कारण गत वर्षको तुलनामा झण्डै २० करोड राजश्वमा कमी आएको बताए।  (रासस)

प्रकाशित: १६ फाल्गुन २०७४ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App