१६ चैत्र २०८० शुक्रबार
अर्थ

स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर

काठमाडौं– नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का रुपमा रुचाइको पाएको छ।नेपालको रिसर्च संस्था मिडिया रिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको पाएको हो । अध्ययनले एक नम्बरमा यामाहाका स्कुटरलाई राखिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

‘हामीले स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटर प्रति ग्राहकको रुचीबारे अनुसन्धान गरेका थियौं,’ मिडिया रिचका निर्देशक मिरेश अधिकारीले भने,‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले स्कुटर पहिलो नम्बरमा हुन ठूलो उपलब्धी रहेको बताए । ‘यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने।

एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याका थिए । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर प्रसिद्ध रहेको कम्पनीले जनाएको छ ।‘यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ’ विज्ञप्तीमा छ।

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।यसैबीच, यामाहाले सोमबारबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो।

स्कुटर विशेषगरी युवापुस्ताले रुचाउने साधन हो र यो फिमेल भेहिकल भन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले त आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् । मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्ने गर्नुहुन्छ । ‘जो स्टाइलिस देखिन्छ उनै सबैभन्दा कन्फिडेन्ट हुन्छन् । कन्फिडेन्स विनाको फेसन फेसन हुँदैन,’ उनले भनिन् ।  
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App