७ वैशाख २०८१ शुक्रबार
अर्थ

तराई रोड प्रोजेक्टको संयुक्त बैठक सम्पन्न

काठमाडौं – नेपाल र भारतको संयुक्त परियोजना अनुगमन समितिको तराई रोड प्रोजेक्टको पहिलो बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ । हाल देखिएका समस्याहरू समाधान गर्दै परियोजना समयमै सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

समितिले गत हप्ता सोमबार र मंगलबार विराटनगर र जनकपुर जिल्लाका बाटोको प्रगतिको निरीक्षण समेत गरेको मन्त्रालयले जनाएको छ ।  विराटनगर र जनकपुरमा भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकार परियोजना कार्यान्वयन मोडलमा बाटो निर्माण हुन लागेको छ । निरीक्षण र संयुक्त बैठकमा परियोजनाबारे प्रोजेक्ट नेसनल हाइवे इन्फ्रास्टक्चर डेभलपमेन्ट कोअपरेसन लिमिटेडले तरार्ई रोड प्रोजेक्टको अहिलेसम्मको प्रगति विवरणबारे जानकारी गराएको मन्त्रालयले जनाएको थियो।

तराईमा बन्न लागेका १० वटा बाटोको अहिलेसम्मको कार्यान्वयनमा भएको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । परियोजना कार्यान्वयन समिक्षा बैठकमा वन, जग्गा अधिग्रहण र अन्य बाधा हटाएर समयमै सम्पन्न गर्न नेपाली पक्ष सहमत भएको छ ।तराईमा बन्न लागेको यस तराई रोड प्रोजेक्ट सम्पन्न भएपछि जनताको आवतजावत र र सामान ढुवानीमा सहज हुने विश्वास लिइएको छ ।
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App