२८ श्रावण २०७७ बुधबार
अर्थ

विशाखापट्नम बन्दरगाह : नेपाली व्यापार नयाँ युगमा प्रवेश

भारतको विशाखापट्नम बन्दरगाहमा ठुलो जहाजमा आएका कन्टेनर । तस्विर : नागरिक

बिशाखापटनम – भारतको आन्ध्रा प्रदेशस्थित विशाखापट्नम बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापार संजालमा सोझै जोडिएपछि तेस्रो मुलुकसंगको नेपाली व्यापार नयाँ युगमा प्रवेश गर्न लागेको छ। नदीमा बनेको कोलकतास्थित परम्परागत बन्दरगाहको निविकल्प निर्भरता समाप्त भएको छ। बिभिन्न किसिमकको औपचारिकता र त्यसै अनुसारका समस्या खप्दै बर्षेनी अर्बौ रुपैया अनावश्यक खर्च बेहोर्दै आएको नेपाली आयात अब सहज भएको छ। 

गत जेठ महिनाको २३ गतेदेखि बिशाखापट्म बन्दरगाहबाट नेपाली कार्गो बोकेको पहिलो रेक (मालवाहक रेल) हिडेको थियो। बिशाखापटनम बन्दरगाह ठुला आकारका मालवाहक जहाजहरु आउन सक्ने भारत सरकारको सबभन्दा ठुलो बन्दरगाह हो। यसलाई विशाखा टर्मिनल्स कम्पनीले संचालन गर्ने गरेको छ। प्रयोगमा आएयता त्यहाँ भएर अहिलेसम्म ३ हजार २ सय कन्टेनर नेपाल भित्रिएको छ। नेपालको तेस्रो मुलुकसंगको व्यापारका लागि करिब डेढ दशकदेखि कोलकता बन्दरगाहको विकल्पको रुपमा चर्चामा रहेको यो क्षेत्र अर्को समुद्री व्यापारमार्गको प्रयोगपछि बिभिन्न देशबाट नेपाललाई नै गन्तब्य तोकी कार्गोहरु आउन थालेका छन्। 

नेपाल गन्तब्य तोकेर कागजात

नेपाल मालसमान कोलकता गन्तब्य तोकेर आउने गर्दा आयातकर्ताले १४ दिनभित्र कन्टेनर त्यहाँबाट मगाएर खन्याएपछि फेरी कोलकतामै लगेर सिपिङ्ग कम्पनीलाई खाली कन्टेनर बुझाउनुपर्ने हुन्छ। अब अवस्था फेरिएको छ। ब्यपारको लागि बन्ने कागजात ‘बिल अफ लिडिङ’मा कोलकता गन्तब्य उल्लेख भएर आउनाले निर्धारित समयभित्र कन्टेनर बुझाउन ढिलो हुँदा बिलम्ब जरिवाना र कन्टेनर डेमरेजबापत बर्षेनी अर्बौ रुपैया लाग्ने गरेपछि नेपालले चर्को ब्यपार लागत बेहोर्दै आएको छ। बिशाखापट्नमले यसबाट राहत दिएको छ। बिशाखापटन भएर आयात गर्दा वीरगन्ज ‘आइसिडी’ (इनल्याण्ड कन्टेनर डिपो) गन्तब्य तोकेर ‘बिल अफ लिडिङ’ बन्ने गरेको छ। यसले गर्दा सिपिङ्ग कम्पनीले वीरगन्जमै खाली कन्टेनर फिर्ता बुझिलिन थालेका छन्। 

‘बिल अफ लिडिङ नेपाल नै गन्तब्य भनेर बनेर आउनु ठुलो उपलब्धी हो,’ वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले भन्छन्, ‘कोलकता बन्दरगाह समुद्री बन्दरगाह नभएर नदी नियन्त्रण गरेर बनाइएको सानो बन्दरगाह हो, त्यहाँ समस्या छन्। नयाँ विकल्पमा बिशाखापटनम बन्दरगाह प्रयोग हुन थालेपछि कोलकताले पनि नेपाली आयातकर्ताको सुबिधालाई महत्व दिन थालेका छन्।’ कोलकता वीरगन्जदेखि ७ सय ४ किलोमिटर दुरीमा रहेको छ भने विशाखापट्नम एक हजार चार सय किलोमिटर पर्न जान्छ । तापनि त्यहाँ ७ हजार कन्टेनर अटाउने ठुलो जहाज आउने भएकोले नेपाली कार्गोलाई समुद्री ढुवानीमा लाग्ने खर्च र समय दुबै बचत हुने विशाखापट्नम बन्दरगाहस्थित विशाखा टर्मिनल्सका बरिष्ठ माहाप्रबन्धक कल्याण चक्रवर्ती बताउँछन्। 

‘ओसेन फ्रेड’ (समुद्री ढुवानी खर्च)मा दुई सय ५० डलर अर्थात करिब साढे २५ हजार रुपैयाँ र समय करिब एक हप्ता बचत हुने आयातकर्ताहरुको भनाई छ। बिशाखापट्मदेखी यता वीरगन्जसम्म लाग्ने रेल ढुवानी खर्च तुलनात्मक रुपमा बढी लाग्ने भएपनि कोलकतामा लाग्ने अनेक थरीको अनावश्यक खर्च र त्यहाँदेखीको ढुवानी जोड्दा नेपालसम्म पुग्ने खर्च लगभग बराबर रहेको आयातकर्ता बताउँछन्। ‘बिल अफ लिडिङ’ वीरगन्ज नेपाल तोकेर आउदा बिलम्ब जरिवाना र डेमरेज जोगिनु ठुलो राहत भएको उनीहरुको भनाई छ। नेपाली महाबाणिज्यदूतावास विशाखाट्नममा नहुनुले त्यहाँ समस्या हुने गरेकोले समस्या देखिएको नेपाली आयातकर्ता सुशान्त चचान बताउँछन्। 

गंगाबाट निस्केको र बंगालको खाडी (समुद्र)संग जोडिएको हुगली नदीको जालधारमा बनेको कोलकता बन्दरगाहमा ठुला जहाज आउँदैनन्। बढी ८ सय कन्टेनरसम्मा अट्ने जहाजमा ठुला जहाजबाट श्रीलंकामा र हङकङमा कन्टेनर ‘ट्रान्ससिपमेन्ट’ (जहाज फेर्ने काम) गरेर त्यहाँ कन्टेनर आइपुग्न समय र ढुवानी भाडा बढी लग्ने गरेको छ। बन्दरगाह साँघुरो भएकोले ‘कन्जेसन’ (जाम शुल्क) नेपाली ब्यपारीले बेहोर्नु पर्ने हुन्छ। बिशाखा पट्ममा यो दुईटै समस्या छैन्। 

कोलकताबाट व्यापारमा प्रत्यक्ष–अप्रत्यक्ष मार पर्ने र व्यापार लागत बढी पर्ने गरेको भन्दै कोलकता बन्दरगाहको विकल्प खोज्न व्यापारी आयातकर्ताले र निजी क्षेत्रले आवाज उठाउँदै आएका थिए। २ बर्ष अगाडि भारत सरकार र नेपाल सरकारबीच बिशाखापटनम बन्दरगाह प्रयोगका लागि सम्झौता भएपछि उक्त बन्दरगाह प्रयोगका लागि बाटो खुलेको थियो। 

एजेन्ट नचाहिने

विशाखापटनम् बन्दरगाहबाट आयात गर्दा आयातकर्ताको प्रतिनिधि (एजेण्ट)विना नै कण्टेनर ढुवानी हुन थालेको छ। ढुवानीकर्ता सिपिङ कम्पनीले नै बन्दरगाहमा भन्सार प्रक्रिया लगायतका कागजी प्रक्रिया पूरा गरिरहेका छन्। 

‘नेपालका लागि कण्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीले बन्दरगाहको कागजी प्रक्रिया पूरा गरिरहेका छन्, सिपिङ कम्पनीले यो सुविधा दिएपछि नेपाली आयातमा अब एजेण्टको आवश्यकता नपर्ने भएको छ,’ बन्दरगाह सञ्चालक चक्रवर्तीले भने, ‘अहिले यस बन्दरगाहमार्फत मक्र्सलाइन, बीएलपीएल, अष्ट्रियर लजेष्टिक र पोर्ट ट्रेड सिपिङ एण्ड लजेष्टिकले तेस्रो मुलुकबाट नेपालका लागि कण्टनेर ढुवानी गरिरहेका छन्।’ यस बाहेक अरु सिपिङ एजेन्सीले पनि नेपालको लागि यस्तै सेवा दिने तयारीमा छन्। 

तेस्रो मुलुकसँग व्यापार हुदै आएको साबिक कोलकाता बन्दरगाहमा बिचौलिया र कस्टम हाउस एजेण्ट (सीएचए)का कारण आयात लागत उच्च रह्दै आएको अवस्थामा एजेन्ट बिनाको ढुवानी नेपालको लागि निकै महत्वपुर्ण उपलब्धी भएको आयातकर्ताको समेत भनाई छ। विशाखा टर्मिनलका जनसम्पर्क अधिकृत एमएन रावले त्यहाँबाट व्यापारमा मध्यस्थकर्ता हटेपछि व्यापार लागमा निकै कटौती भएको दावी गरे। ‘बिल अफ लिडिङ’ नेपाल नै उल्लेख भएर आयात हुन थालेपछि नेपालको आयातमा सिपिङ एजेन्सीले नै आयातकर्ताका काजगपत्रको काम गरिदिएपछि यो सहजता भएको हो। अहिले सिपिङ कम्पनीले वीरगन्ज सुक्खा बन्दरगाहसम्मै बिल अफ लोडिङ दिँदै कण्टेनर अनलोड गरी फर्काउन ५ दिनको समय दिने गरेका छन्। यसबाट बिलम्ब शुल्कको मार पनि हटेको छ।

समुद्रसँग जोडिएर २ लाख वर्गमीटरको क्षेत्रफल ओगटेको बिशाखापटनम् बन्दरगाहमा मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन्। यो बन्दरगाहले वार्षिक ७ लाख कण्टेनर हेण्डेलिङ गर्न सक्नेमा अहिले वर्षको ३ लाख ६० हजारमात्र भइरहेको रावले बताए। विशाखा टर्मिनलले सन् २०२० भित्र यो क्षमता बढाएर १० लाख पु-याउने योजना बनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७४ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App