लुम्बिनी विकास बैंक लिमिटेडले बिहीबार १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
साधारणसभाले आव २०७९-८० को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०-८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरूसँगै शेयरधनी महानुभावलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्रीचिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा आव २०७९-८० को वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सामूहिक रूपमा उत्तर दिएका थिए।
देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालय, एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालन भइरहेका छन्।
प्रकाशित: २७ पुस २०८० ०२:३२ शुक्रबार